Logo

१ किलो गाँजा सहित युवक पक्राउ



उदयपुर, ८ साउन । १ किलो लागूऔषध गाँजा सहित २९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । बेलका नगरपालिका ८ हाक्तीसुडेबाट १ किलो अवैध लागूऔषध गाँजा सहित सुनसरी बराहाक्षेत्र नगरपालिका ६ चकरघट्टी बस्ने २९ वर्षीय बलराम यादव शुक्रबार बिहान पक्राउ परेका हुन् ।

लागूऔषध गाँजा ल्याउँदै गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्