Logo

रक्सी पिलाएर मोटरसाइकलमा घुमाएर गोली हानी फरार



चितवन, ८ साउन । नेपाली सेनाका हुद्दा भरत गुरुङ्गलाई उनकै सहकर्मी गंगाधर पौडेलले रक्सी पिलाएर मोटरसाइकलमा घुमाए । रातको समयमा नहरमा पुगेपछि पिसाब फेर्ने बहानामा झर्न लगाएर गोली हानी फरार भए ।

चितवनका एसपी ओम अधिकारीले गुरुङ्गको हत्याका आरोपी अधिकारीलाई सार्वजनिक गर्दै घटनाबारे खुलाएका हुन् । अधिकारीको साथबाट बन्दुक र ८ लाख नगद समेत बरामद भएको छ । उनले पैसाको कारण हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सेनामै कार्यरत गंगाधर पौडेललाई भरतपुरबाट शुक्रबार प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले जानकारी दिएको छ । २६ वर्षीय पौडेल र ३६ वर्षीय गुरुङ्ग एउटै गणका हुन् ।

भरतपुर महानगरपालिका १७ सिमलडाँडाको नहरमा ७ साउनको विहानै भरत गुरुङ्गको शव फेला परेको थियो । उनको कन्चटमा गोली लागेको भेटिएको थियो । गुरुङ्ग धादिङको निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत थिए ।-तस्बिर स्रोतः नारायणी अनलाइनबाट



प्रतिक्रिया दिनुहोस्