Logo

महामारीबीच खेलकुदको महाकुम्भ



एजेन्सी, ८ साउन । कोरोना भाइरसको महामारीबीच ओलम्पिक खेलकुद सुरु भएको छ । ओलम्पिक इतिहासमा यो पटकको ओलम्पिक खेल जटिलताका बाबजुद सुरु गरिएको हो ।

जापानको टोकियोमा ओलम्पिक खेलकुद सुरु भएको छ । ओलम्पिकमा भाग लिने २०५ देशले दर्शकविहिन स्टेडियममा मास्क लगाएर मार्चपास गरेका छन् ।

स्टेडियममा दर्शक नभएपछि खेलाडीहरुले आफूलाई विश्वका अरबौं दर्शकले हेरिरहेको बुझेर त्यस अनुसारको मार्चपास गरेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण २०२० मा हुनुपर्ने ओलम्पिक २०२१ मा हुन लागेको हो । टोकियो ओलम्पिकमा २०५ देशका ११,३२४ खेलाडी सहभागी हुनेछन् । ३३ खेलका विभिन्न इभेन्टहरुमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

जापानले ओलम्पिक आयोजनाका लागि १५ अर्ब ४० करोड डलर खर्च गर्दैछ । यो अहिलेसम्म ओलम्पिकमा खर्च भएकोमध्ये सर्वाधिक रकम हो ।-Photo Credit: AFP



प्रतिक्रिया दिनुहोस्