Logo

योगेश भट्टराईले उठाए युथ फोर्श र अखिल फोर्शको औचित्यमाथि प्रश्न



काठमाडौं, ८ साउन । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले युथ फोर्स र अखिल फोर्सको औचित्यमाथि प्रश्न उठाएका छन् ।सामाजिक सञ्जाल फेशुबकमार्फत उनले अनेरास्ववियु र युवासंघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स र अलिख फोर्सको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।

पछिल्लो समय एमालेभित्रको विवाद बढ्दै जाँदा अध्यक्ष केपी शर्मा ओलीनिकट युवाहरुले युथ फोर्स ब्युँताएका छन् भने माधव नेपालनिकट युवाहरुले अखिल फोर्स गठन गरेका छन् । यही सन्दर्भमा नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

उनले फेशबुकमा लेखेका छन-

ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक/ बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेत्रित्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्श र अखिल फोर्शको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेत्रित्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथ फोर्श र अखिल फोर्शले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्से हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जथ्था प्रयोग गर्न खोजेको हो ? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्दछ । शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुसरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन । तसर्थ: यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिस्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।



प्रतिक्रिया दिनुहोस्