Logo

मेयर–उपमेयर नमिल्दा थलिँदै चन्दननाथ



जुम्ला, साउन ९ । चन्दननाथ नगरपालिकाले महिला नेतृत्व पाउँदा स्थानीय खुसी थिए। पहिलोपटक महिला मेयर र उपमेयर निर्वाचित गरेका नगरवासीले तीव्र गतिमा नगरको विकास हुने आशा राखेका थिए। सामाजिक, आर्थिक, भौतिक विकास भएर समृद्धिको यात्रामा नगर अघि बढ्ने विश्वास स्थानीयले राखेका थिए।

तर स्थानीयको आशा र विश्वास चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। न सदरमुकामको फोहोर समयमै उठ्न सकेको छ न कुनै देखिने खाले विकास भएको छ। केवल नगरपालिका विवादको चंगुलमा फसेको छ।

चार वर्षदेखि मेयर र उपमेयरबीचको विवादले हरेक काम प्रभावित भएको स्थानीय बताउँछन। मेयर र उपमेयर नमिल्दा कर्मचारीलाई काम गर्न पनि कठिन र सेवाग्राहीलाई सास्ती भएको छ। मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपाने ९महत ० बीचको विवादका कारण नगरको विकास प्रभावित भएको हो। समयमै बजेट नआउने र पारित नहुने समस्याले नगरपालिका ग्रसित छ।

चालु आर्थिक वर्षको बजेट पनि आउन सकेको छैन। बजेटका विषयमा मेयर र उपमेयरबीच मतभिन्नता छ। मेयर सेजुवाल भन्छिन्, ‘बजेट पारित भइसक्यो।’ तर उपमेयर न्यौपाने बजेट नै आउन नसकेको बताउँछिन्। नयाँ आर्थिक वर्ष प्रारम्भ भइसकेको छ। असारको १० गते बजेट, नीति कार्यक्रम ल्याएर मसान्तसम्म पारित भइसक्नुपर्छ।

तर नगरपालिकाले बजेट नै ल्याउन सकेको छैन। नयाँ आर्थिक वर्ष प्रारम्भसँगै विकासलगायतका काम अघि बढाउनुपर्नेमा त्यसो हुन सकेको छैन। सबै काम ठप्प छन। मेयर–उपमेयरबीचको विवादले नागरिकता सिफरिसदेखि घरजग्गा राजस्व संकलनको काम पनि प्रभावित भएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot