Logo

प्रचण्डले भेटे माधव नेपाललाई, गठबन्धन भत्काउन नदिने प्रण



काठमाडौं, ९ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न दाहाल उनकै निवास पुगेका थिए । आज विहान भएको भेटवार्तामा उनीहरुबीच अहिले कायम रहेको गठबन्धनलाई निरन्तर अघि बढाउनेबारे कुराकानी भएको बुझिएको छ ।

पछिल्लो समय एमालेभित्र एकताको प्रयास भएको र कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनेमोर्चा सम्मिलित गठबन्धन भत्काउने षड्यन्त्र भएको भन्दै कुनैपनि हालतमा उक्त षड्यन्त्रलाई असफल पार्नेबारे दाहाल र नेपालबीच सहमति भएको बुझिएको छ ।

नेता नेपालले हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई आम माफी दिने भनेर गरेको घोषणालाई लिएर व्यंग्य कसेका थिए । उनले ओलीलाई महाराजको संज्ञा दिएका थिए । नेता नेपालले ओलीलाई दिएको जवाफबारे आफूले भेटमा प्रशंसा गरेको पनि दाहालले जानकारी गराएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्