Logo

मलेसियाबाट ल्याइयो २४ नेपालीको शव



काठमाडौं, ९ साउन । मलेसियाबाट एकैपटक २४ वटा शव ल्याइएको छ । विभिन्न समयमा रोजगारीका निम्ति मलेसिया पुगेर उतै ज्यान गुमाएकाहरुको शव नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत शनिबार नेपाल ल्याइएको हो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा ती शव नेपाल ल्याइएको हुन् । शव आजै उनीहरुका आफन्तलाई जिम्मा लगाइएको छ । शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । त्यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु नेपाल ल्याइएको छ । अझैपनि केही नेपालीहरु शव मलेसियामै अड्किएका छन् । ती शवहरु पनि प्रक्रिया पुर्याएर नेपाल ल्याइने छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्