Logo

एमाले एकता भेन्टिलेटरको उपचारको तहमाजस्तै गुज्रिरहेको छ : सूर्य थापा (भिडिओसहित)



काठमाडौं, ९ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले हदैसम्मको प्रयास गरिरहेको स्पष्ट पारेका छन् । उनले भने,‘भर्खरै केन्द्रीय कमिटीको १०औं बैठकको समापनको बेलामा अध्यक्ष कमरेड केपी शर्मा ओलीले भन्नुभएको असाध्यै महत्वपूर्ण कुरा राख्न चाहन्छु । उहाँले के भन्नुभएको छ भने–हामीले एकताको निम्ति हरसम्भव कोशिस गरेका छौं । र, अहिले एकताको त्यो कोशिस कुनै विरामीलाई भेन्टिलेटरमा राखेरै जोगिन्छ कि ज्यान भन्ने स्थितिमा हामीले कोशिस गरेका छौं । भेन्टिलेटरमा राख्न हामी अग्रसर भएका छौं । कसैको ज्यान भेन्टिलेटरमा राखिसकेपछि फर्किनपनि सक्छ, नफर्किनपनि सक्छ । त्यो सेन्सिटिभी उपचारको तहमाजस्तै हाम्रो एकता गुज्रिरहेको छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपालले एउटामात्रै नभएर दर्जनौं गल्ती गरेको पनि फेहरिस्त सुनाए । उनले भने,‘माधव नेपाललाई एकता चाहिएको हो भने एकताको भाषा बोल्नुभयो, मैले पनि उहाँले मिडियामा बोलेको प्रतिक्रिया सुनें । एकता चाहिएको होईन भने बाटो लाग्नुपर्यो । यसमा कुनै लोलोपोतो छैन् । उहाँ चाहीँ पार्टी निर्माण गरेर आएको नेता हो । एकता चाहिएको छ भने गम्भी बन्नुपर्यो ।’ माधव नेपालले अघि सारेका मागहरु अध्यक्ष ओलीले सम्बोधन गरेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्