Logo

भारत्तोलनमा चीनलाई स्वर्ण भारतलाई रजत



एजेन्सी, ९ साउन । टोकियो ओलम्पिकमा भारत्तोलनको महिलातर्फको ४९ केजी तौल समूहमा चीनले स्वर्ण जितेको छ । उक्त स्पर्धामा रजत जित्दै भारतले टोकियो ओलम्पिककै पहिलो पदक जितेको छ ।

चीनकी होउ झिहुईले क्लिन एन्ड जर्कमा ११६ उचाल्दै कुल २१० केजी उचालेर नयाँ ओलम्पिक रेकर्ड कायम गरेकी छिन् ।

भारतकी चानु सैखोम मिराबाईले रजत पदक जितिन् । इन्डोनेशियाकी विन्डी ऐसाले काँस्य जितिन् । यो स्पर्धाको तीनवटै पदक एशियाली मुलुकले जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्