Logo

संक्रमित संख्या उकालो लाग्दै,आज ३१ सय १४ जनामा संक्रमण पुष्टि



काठमाडौं, ९ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार १ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४१ हजार ५ सय ६५ जना संक्रमणमुक्त भएकन छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १४ हजार ९ सय १० जनामा गरिएको कोरोना परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्