Logo

कोरोनाबाट आज १६ जनाको मृत्यु



काठमाडौं, ९ साउन। कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कोरोना भाइरसका ३१ सय १४ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ । आज २१ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४१ हजार ५ सय ६५ जना संक्रमणमुक्त भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्