Logo

गोरखाको प्रसिद्ध धार्मिक स्थल तान्द्राङ्गकोट जाने बाटोमा पदमार्ग निर्माण



काठमाडौँ, ९ साउन। गोरखाको प्रसिद्ध धार्मिक स्थल तान्द्राङ्गकोट जाने पदमार्गको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ। गोरखा जिल्लाको भिमसेन थापा गाउपालिका वडा न २ मा गोरखा कालिकाको बहिनीको रुपमा परिचीत प्रसिद्ध धार्मिक स्थल तान्द्राङ्गकोट जाने बाटोमा ताराखसे र तान्द्राङ्गकोट बीचमा कुलेडाडामा कयापानी , तान्द्राङ्ग कोट पदमार्गको काम ९० प्रतिशत सम्पन्न भएको छ।

कुलेडाडामा निर्माण गरिएको पदमार्ग भिमसेनथापा गा. पा. २ को बजेटमा सम्पन्न भएको वडा अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए । तान्द्राङ्गकोट राजा पृथ्वीनारायण शाहका नजिकका सल्लाहकार प्रसिद्ध ज्योतिषी दुल्लभ लामिछानेको भुमी हो। अघिल्लो आर्थिक वर्षहरुमा खेल मैदान , फलफुलहरु , कन्दमुलको बिरुवाहरु लगाउने काम हुने समेत जनाइएको छ।  हाल त्यहाँ बनभोज लगायत मनासुलु हिमाल, गणेश हिमालको मनमोहक दृश्य हेर्दै पार्क गएर समय कटाउन मिल्ने उपयुक्त बाताबरण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्