Logo

राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने षड्यन्त्र नगर्न देउवा–प्रचण्डलाई महेश बस्नेतको चेतावनी, एमाले फुटाउने अध्यादेश ल्याईए देशभरि आगो बाल्ने (भिडिओसहित)



काठमाडौं, ९ साउन । नेकपा (एमाले) का नेता महेश बस्नेतले आफ्नो पार्टी फुटाउने अध्यादेश ल्याईए देशभरि आगो बाल्ने चेतावनी दिएका छन् । आज युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले जियकुमार गच्छदारलाई दश अर्बको भ्रष्टाचारमा दश लाख धरौटीमा छुटाउने खालका काम भएको भन्दै यसको विरुद्धमा आफूहरुले सशक्त अभियान चलाउने पनि चेतावनी दिए ।

केपी ओली नेतृत्वको यसअघिको सरकारले गरेका राम्रा काम र नीतिहरु खारेज गरिए देशभरि आगो बाल्ने उनको चेतावनी छ । उनले भने,‘नेकपा एमाले बलियो बनाउन हामीले अध्यादेश ल्याउँदा हाम्रो पार्टीका नेता माधव नेपाल र प्रचण्डहरुलाई उचालेर फेल गराउने काम भयो, र कांग्रेसले निकै चर्को र लोकतान्त्रिक भाषण गर्ने कांग्रेस, अब एमाले फुटाउने अध्यादेश ल्याउनुभयो भने त्यसको विरुद्ध प्रतिरोध हुन्छ । हाम्रो संगठनले देशभरि आगो बाल्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग ल्याउने सपना नदेख्नसमेत उनले चेतावनी दिएका छन् । उनले भने,‘तपाईँहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे कुनाकाप्चामा बसेर षड्यन्त्र बुन्नुभएको छ भने, त्यो सपना नदेख्नुहोस् ।’



प्रतिक्रिया दिनुहोस्