Logo

प्रधानमन्त्री देउवाको प्रस्तावपछि शशांक कोइराला उपप्रधान एवम् स्वास्थ्यमन्त्री बन्न राजी



काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि संसदमा विश्वासको मत लिएको एक साता पुग्न लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । यसको लागि उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि आज छलफल गरेका छन् । यसअघि मन्त्रिपरिषद विस्तारबारे प्रधानमन्त्री देउवाले दाहालसँगै नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमारन नेपालसँग पनि छलफल गरेका छन् ।

माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको सूचि देउवाकहाँ पुगिकेको छ । तर, नेपाल समूहले भने तत्काल सरकारमा सहभागी नहुने जवाफ दिएको छ । नेपाल समूहकोको ग्रिन–सिग्नल कुरेका प्रधानमन्त्री देउवाले अब भने मन्त्रिपरिषद् विस्तारमा ढिलाई नगर्ने बताउन थालेका छन् । उनले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामसमेत छनौट गरिरहेका छन् ।

हिजोमात्रै उनले महामन्त्री डा. शशांक कोइरालासँग यसबारेमा छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले शशांकलाई नै सरकारमा सहभागी हुन आग्रह गरेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले शशांकलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेका छन् । यसमा शशांक सकारात्मक बनेको बुझिएको छ ।

पौडेल समूहबाट क–कसलाई मन्त्री बनाउने भन्नेबारे आन्तरिक छलफल भैरहेको बेलामा सभापति एवम् प्रधानमन्त्री देउवा स्वयमले शशांकलाई सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुन गरेको प्रस्तावलाई महत्वका साथ हेरिएको छ । पौडेल समूहबाट चार जनाले मन्त्री बन्न दाबी गरेका छन् । तर, देउवाले कृष्णप्रसाद सिटौलासहित ४ वटा मन्त्रालय दिने भनेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्