Logo

सरकारलाई सफल बनाउने गठबन्धनको निर्णय, माधव नेपाल पनि एकसाथ



साउन ९, काठमाण्डौ । शनिवार साँझ बसेको सत्तापक्षको गठबन्धन बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल र प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो ।

सरकारलाई सफल बनाँउन गठबन्धनलाई अभैm प्रभावकारी ढङ्गले अघि बढाउने विषयमा छलफल भएको बैठकमा सभागी नेताहरुले बताँएका छन । सरकारले पहिलो प्राथमिकतामा कोरोना विरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने कुरालाई राख्नुपर्ने र त्यसका लागि अनुदानको मात्रै भर नपरी खरिद गर्नुपर्नेमा गठबन्धनका नेताहरूले जोड दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवा सहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी सहभागी गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा पनि छलफल भएको छ ।

यसअघि गठबन्धनबाट बाहिरिएको घोषणा गरेका एमालेका वरिष्ठ नेता नेपाल पनि आजको बैठकमा सहभागि हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । आजै माओवादी अध्यक्ष दाहालले नेपाललाई भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्