Logo

मन्त्रिपरिषद विस्तारबारे कांग्रेससहित पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा, माधव नेपालपनि पुगे



काठमाडौं, ९ साउन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित पाँच दलको गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

मन्त्रिपरिषद विस्तार र आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने विषयमा छलफल भएको बुझिएको छ । आजको बैठकमा माधव नेपाल पनि सहभागी छन् । पल्लिो समय उनी गठबन्धनको बैठकमा आँफै उपस्थित् भएका थिएनन् । उनले आफ्नो समूहको तर्फबाट प्रतिनिधि पठाउने गरेका थिए ।

यसअघि सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा डा. विजय पौडेललाई बैठकमा भाग लिनको लागि पठाएका थिए । अर्को रोचक कुरा त के छ भने आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा बसेका छैनन् ।

उनी पनि अरु नेताहरुकै रो मा बसेका छन् । बैठकमा प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपस्थित् थिए ।



प्रतिक्रिया दिनुहोस्