Logo

गठबन्धनको बैठकमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउने सहमति



काठमाडौं, ९ साउन । कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा सम्मलित पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेशसभाका प्रमुख धमर्ननाथ यादवलाई हटाउने गृहकार्य गरेको छ । आज (शनिबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा यस्तो सहमति भएको हो ।

मन्त्रिपरिषद विस्तारबारे कांग्रेससहित पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा, माधव नेपालपनि पुगे

सुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सात वटै प्रदेशका प्रमुखहरु फेर्नुपर्ने प्रस्ताव राखेका थिए । यसमा अरु नेताहरु सकारात्मक भएपनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भने अहिले हतारिएर सबै प्रदेशका प्रदेश प्रमुखहरु फेर्नुभन्दापनि आफुहरुलाई अप्ठ्यारो भएका प्रदेशका प्रमुख मात्रै फेर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवाको उक्त धारणामा सबै नेता सहमत भएको बुझिएको छ ।

लुम्बिनी प्रदेश प्रमुख यादवको भूमिकालाई लिएर गठबन्धनमा आवद्ध प्रदेशका दलहरु पनि सुरुदेखि नै रुष्ट छन् । हालै, लुम्बिनी सरकारको बजेट पारित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मध्यराति बजेट अधिवेशन अन्त्य गरेका थिए ।

Photo Source: NepaliPatra



प्रतिक्रिया दिनुहोस्