Logo

केही दिन लगातार वर्षा नहुने



काठमाडौं, साउन १० । नेपालमा मनसुनी प्रणाली केही दिनका लागि सामान्यतर्फ उन्मुख भएको छ । अब केही दिन लगातार वर्षा हुने छैन ।

नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा भारततर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार एक दुई दिनलाई अघिल्ला दिनहरूमा जस्तो लगातारको झरी वर्षाको सम्भावना देखिँएको छैन्। कतै कतै हल्का र थोरै स्थानमा भारी वर्षा हुने क्रम यथावत् रहने उनको भनाई छ । शनिबार पनि देशका अधिकांश स्थानमा कम वर्षा भएको छ ।

सोमबारबाट उच्च पहाडी र हिमाल छोएका जिल्लाहरूमा वर्षा हुने सम्भावना रहेको छ भने आइतबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्