Logo

खोप प्रमाणीकरणमा सहज



काठमाडौं, साउन १०। रामेछामको लिखु तामाकोसी गाउँपालिका–४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा छन् । यसअघि उनी तीन वर्ष कतार बसेर आएका हुन् । कोरोना भाइरसका कारण सिर्जना भएको दोस्रो बन्दाबन्दी अघि उनी काठमाडौ आएका थिए ।

निषेधाज्ञापछि उनी कतार जान पाएनन्। दुई महिनाका लागि बिदामा आएका दाहाल अहिलेसम्म नेपालमै छन् । कतारमा काम गरिरहेको संस्थाले कोरोनाविरुद्धको खोप लगाएर मात्र आउन भनेपछि उनी अहिलेसम्मै नेपालमै रहने अवस्था सिर्जना भएको हो । अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप नेपालमा पठाएपछि सरकारले विदेश जाने कामदारका लागि भिसा भएकालाई पनि खोप लगायो ।

उनले वीर अस्पतालमा छ घण्टा लाइनमा बसेपछि बल्लतल्ल खोप लगाए तर पनि उनी कतार जान पाएनन् । खोप लगाएको प्रमाणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहान ९ बजे खोप प्रमाणीकरणका लागि पुगे। उनले बेलुकी ४ बजे मात्र खोप प्रमाणीकरणको प्रमाणपत्र पाए। दुई दिन यही काममा अलमलिएका दाहालले अब भने सहजै कतार पुगेर आफ्नो कामलाई निरन्तरता दिने विश्वास लिएका छन् ।

यस्तै खोटाङ चर्खौले घर भई हाल स्वयम्भू बस्दै आएका नवराज सुवेदी पनि दुई वर्ष विदेशमा काम गरेर नेपाल फर्किएका थिए । डेढ महिनाको बिदा लिएर नेपाल आएका सुवेदीको समस्या त्यही हो । नेपाल आउनेबित्तिकै कोरोना बढेकाले यतिखेर उनी नेपालमै छन् । जोन्सन एन्ड जोन्सनको खोप लगाइसकेका उनले अब भने विदेश उड्न पाउने भएका छन् । खोप प्रमाणीकरणका लागि उनले दुई घण्टा मात्र लाममा बस्नुप(यो । पछि चिनेको साथीमार्फत छिट्टै खोप प्रमाणीकरण गरेको उनले सुनाए।

यसअघि टेकु अस्पतालमा खोप प्रमाणीकरणका लागि हजारौँको लाइन हुने गरेको थियो । उक्त विषय आम सञ्चार माध्ययमहरुले उठाएपछि अहिले सरकारले खोप प्रमाणीकरणका लागि टेकुसहित चार अस्पताललाई तोकेको छ । दाहाल र सुवेदीजस्ता हजारौँ विदेशमा काम गर्न जाने युवाले खोप लगाउन र प्रमाणीकरणका लागि धेरै दुःख झेल्नुप¥यो । चारवटा केन्द्र तोकेपछि अब अन्य विदेश जानेले प्रमाणीकरणका लागि दुःख झेल्नुनपर्ने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्