Logo

निर्यात खर्बभन्दा माथिः भटमासको तेलको अंश ३८ प्रतिशत



काठमाडौं, साउन १० । नेपालले पहिलोपटक वैदेशिक व्यापारमा एक खर्बभन्दा बढीको निर्यात गरेको छ । यसअघि निर्यात आकडामा एक खर्बसम्म पुग्न नसकेको नेपालले गएको आर्थिक वर्ष २०७७/७८ मा एक खर्ब ४१ अर्बको निर्यात गरेको हो ।

यसमा सबैभन्दा महत्त्वपूर्ण योगदान भटमासको तेलको रहेको छ । यो नेपाली उत्पादन भने होइन । व्यवसायीहरूले बाहिरबाट कच्चा भटमास ल्याएर प्याकिङ गरी भारतमा निर्यात गर्ने गरेका छन् । यस वर्ष नेपालबाट कुल ५३ अर्ब ६५ करोडको भटमासको तेल निर्यात भएको छ, यो कुल निर्यातको ३८ प्रतिशत अंश हो ।

यस अवधिमा बाह्य मुलुकबाट कच्चा भटमास पनि ५३ अर्ब ३९ करोडको आयात भएको छ । यसअघि यसैगरी विदेशबाट कच्चा पाम ल्याएर निर्यात हुने गरेकोमा भारतले प्रतिबन्ध लगाएपछि पामको विकल्पका रूपमा भटमासको तेल अघि आएको थियो ।

वीरगञ्ज र विराटनगरमा मात्रै २०७५ यता पाम तेललाई नै प्राथमिकतामा राखी सञ्चालित १८ तथा नेपालगञ्ज, बुटवल, भैरहवालगायत ठाउँमा सामान्य सञ्चालित उद्योगमा पाम प्याकिङ हुने गरेको थियो । तर, पाममा प्रतिबन्धपछि व्यवसायीहरूले त्यहाँ भटमासको तेलको प्याकिङ शुरू गरेका थिए । गत असारमा पाम तेलमा लगाइएको प्रतिबन्ध पनि भारतले फुकुवा गरेकाले यस वर्ष २ अर्ब २ करोडको पाम तेल निर्यात भएको छ । आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्