Logo

पोखरा–ढाका सिधा उडानबारे छलफल



पोखरा, साउन १० । पोखरालाई विदेशी सहरसँग हवाई सेवामार्फत जोड्ने प्रयास गरिएको छ। पर्यटन व्यवसायीले पोखराबाट भारतीय सहरमा मात्र नभई बंगलादेशको ढाकामा पनि सिधा उडान सुरु गर्न छलफल थालेका हुन्।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकी, विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच यस विषयमा छलफल भएको छ। अहिले पोखराबाट नेपालका विभिन्न सहरमा सिधा हवाई उडान छ। पोखरालाई स्वदेशी मात्रै नभई विदेशी सहरसँग समेत जोड्नुपर्ने खाँचो पर्यटन व्यवसायीले औंल्याउँदै आएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्