Logo

टोकियो ओलम्पिकः दोस्रो दिन १८ स्वर्णका लागि प्रतिष्पर्धा



काठमाडौं, १० साउन । टोकियो ओलम्पिकको दोस्रो दिन १८ स्वर्णका लागि प्रतिष्पर्धा चलिरहेको छ ।

आज सुटिङ, पौडी, जुडो, साइक्लिङ, डाइभिङ, आर्चरी, फेन्सिङलगायतका खेलहरुमा पदकका लागि प्रतिष्पर्धा तय छ । पौडीमा अमेरिकाले स्वर्ण पदक जितेको छ । सुटिङमा रुसले स्वर्ण जितेको छ ।

यसैगरी, टेनिसमा विश्व नम्बर १ अष्ट्रेलियाकी आस बार्टी पहिलो खेलमै पराजित भएकी छिन् । स्पेनकी खेलाडीबाट पराजित भएपछि उनको पदकको सपना चकनाचुर भएको छ ।



प्रतिक्रिया दिनुहोस्