Logo

महिलाले छाडा भाषा रूचाउनुको कारण यस्तो छ



सर्वसाधारणको चलनचल्तीमा छाडा (अश्लील ?) शब्दोच्चारण र गालीगलौजका शब्द निकै बढेको पाइएको छ । बालबालिकाले हेर्ने टेलिभिजन तथा सिने सामग्रीमा गालीगलौजका शब्द त्यति नदेखिए पनि आम जनजीवनमा भने यसको प्रयोग बढेर गएको एक अनुसन्धानले देखाएको छ ।

ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसन (बीबीएफसी)ले को शोध अनुसार एक हजार बेलायतीमाझ गरिएको सर्भेमा एक तिहाइभन्दा बढीले त्यस्ता शब्दहरु पहिलेको तुलनामा बढ्तै बोल्न थालेको बताए । पाँच वर्ष पहिले आफूहरुले ती शब्द उच्चारणमा हिचकिचाउने भए पनि हिजोआज सामान्य रुपमा प्रयोग गर्न थालेको उनीहरुको स्वीकारोक्ति छ ।

रोचक त के भने त्यस्ता गालीका शब्दहरु उच्चारण गर्नेमा महिलाहरु अगाडि रहेको देखिएको छ । त्यस्ता महिला ३२ प्रतिशत छन् भने पुरुष २७ प्रतिशत । अझ रमाइलो के भने सन् १९९६ यता जन्मिएका ‘जेनरेसन जेड’ पुस्ता गालीगलौजमा उदार देखिएको छ । त्यस पुस्ताका ४६ प्रतिशतले आफूहरुले छाडा शब्द प्रयोग गर्दा के फरक पर्छ र भन्ने प्रतिक्रिया दियो ।

जेनरेसन जेडभन्दा पुरानो पुस्ता भने गालीगलौजमा त्यति ध्यान दिँदो रहेनछ । र, उनीहरुको प्रतिशत जम्माजम्मी १२ प्रतिशत मात्र छ । आफूले प्रयोग गरेका गालीका शब्द आफ्ना सन्तानले प्रयोग नगरुन् वा आफूले प्रयोग गरेका अश्लील शब्द नसुनून् भन्ने अधिकांशले चाहेको पनि देखिएको छ । तीमध्ये निकै कमले केटाकेटीले सुनेर केही फरक नपर्ने, ढिलोचाँडो तिनीहरुले आफूबाहेक अरुबाट पनि यस्ता शब्द सापट लिइहाल्ने भएकाले तिनले सुने पनि चिन्ता नगर्ने बताए ।

पछिल्लो समय टेलिभिजनबाहेक अन्यत्र कन्टेन्ट हेर्ने बानी भएका बालबालिकाका लागि यस्ता शब्द प्रयोग गरिएका कन्टेन्ट हेर्नबाट रोक्नु असम्भवप्रायः छ । तर अभिभावकहरू छाडा भाषाको पहुँच सहज हुन नहुनेतर्फ सचेत रहन थालेका छन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्