Logo

जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन



काठमाडौं, १० साउन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले असार २० गते ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले आईपीओ निष्काशन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आइपीओलाई इक्रा नेपालले इक्रा आइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।



प्रतिक्रिया दिनुहोस्