काठमाडौं, १० साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले भोलि कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतकोलागि बोलाएपछि ठाकुर पक्ष सर्वोच्च अदालत गएको हो । उक्त रिटमाथि सुनुवाई न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा हुने भएको छ ।
निर्वाचन आयोगले सनाखतको लागि जसपाका केन्द्रीय सदस्यहरुलाई बोलाउँदा उपेन्द्र यादव पक्ष भने उत्साही छ । तर, ठाकुर पक्ष निराश छ । जसपाको कार्यकारिणी समिति र संसदीय दल दुवैमा यादव पक्षको बहुमत छ । file photo




प्रतिक्रिया