Logo

प्रधानमन्त्री देउवाले भ्रष्टाचारमुक्त शासन दिनुहुन्छ : डा. महत (भिडिओसहित)



काठमाडौं, १० साउन । नेपाली कांग्रेसका समहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको मन जित्नेगरि काम गर्ने दाबी गरेका छन् । उनले भने,‘शेरबहादुर देउवाजीको स्वभाव त उदार प्रकृतिको छ, गिभिङ टाईपको छ, उहाँले सबै घटकलाई सन्तुष्ट राख्नुहुन्छ । तर, सन्तुष्ट राख्दाराख्दै एउटा कुरामा उहाँले कम्प्रमाईज गर्नुहुन्न, त्यो के हो भने सुशासन । देशलाई सुशासन दिने उहाँको पहिलो प्राथमिकता हो । उहाँले एउटा स्वस्थ सरकार दिनुहुन्छ । नेपाली जनता जुन कोभिड महामारीको कारण धेरै अप्ठ्यारोमा परे । र, भ्याक्सिन मेरो प्राथमिकता हो भने भन्नुपनि भएको छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै नागरिकलाई भ्याक्सिन सुनिश्चित् गरेर आम नागरिकलाई सामान्य अवस्थामा फर्काउने काम प्रधानमन्त्री देउवाको नेतृत्वमा हुन्छ । उनले भने,‘र, उहाँले भ्रष्टाचारमुक्त शासन पनि दिनुहुन्छ ।’ उनले अहिले भताभुंग भएको विदेश नीतिलाई सही मार्गमा ल्याउने पनि सुनाए । सन्तुलित विदेश नीति लिने पनि उनले जनाए । नेपालप्रति बढेको आशंकालाई मुक्त बनाउने पनि उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्