Logo

अमेरिकामा २ करोड ९५ लाख कोरोना संक्रमित निको



एजेन्सी, १० साउन । विश्वभर १९ करोड ४४ लाख कोरोना संक्रमितको संख्या रहेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित रहेका छन् । वल्डोमिटरको अनुसार अमेरिकामा ३ करोड ५१ लाख ८४ हजार ६७१ कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ६ लाख २६ हजार ७१३ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै, कुल संक्रमित मध्ये २ करोड ९५ लाख ७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । यसैगरी, ५ लाख ५० हजार ८३५ जना संक्रमितको उपचार भैरहेको छ भने ७ हजार ७७१ जना कोरोना संक्रमितको गम्भिर अवस्थामा उपचार हुँदैछ ।

विश्वभर हाल ८३ हजार ८८५ जना कोरोना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको छ । वल्डोमिटरको अनुसार अहिलेसम्म १९ करोड ४४ लाख २५ हजार ४८१ ज्ना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ करोड ६४ लाख ८९ हजार २७३ जना संक्रमित निको भइसकेका छन् । त्यस्तै, बिश्वभर ४१ लाख ६८ हजार ७१४ जना संक्रमितको मृत्यु भईसकेको छ । यसैगरी, १ करोड ३७ लाख ६७ हजार ४९७ जना संक्रिय संक्रमितको संख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस्