Logo

सार्क राष्ट्र मध्ये अफगानिस्तानमा कोरोना संक्रमितको मृत्युदर उच्च



काठमाडौं, १० साउन । बिश्वका धेरै देशहरु कोरोना भाइरससँग जुधिरहेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले सम्पुर्ण विश्वलाई नै तरङ्गीत बनाएको छ । कयौका परिवारले आफन्त गुमाएका छन् भने धेरै बच्चाहरु टुहुरा भएका छन् ।

यसबाट सार्क राष्ट्र पनि अछुतो छैन् । सार्क राष्ट्रको सबैभन्दा धेरै अफगानिस्थानमा कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार त्यहाँ ४.४ प्रतिशत संक्रमितको मृत्यु भएको छ । त्यस्तै, कुल संक्रमित मध्ये ६३.३ प्रतिशत सक्रमणमुक्त भएका छन् भने ३२.३ प्रतिशत संक्रिय संक्रमितको संख्या रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा हालसम्म २.३ प्रतिशतको मृत्यु भएको छ भने कुल संक्रमित मध्ये ५.४ प्रतिशत संक्रमतिको उपचार भैरहेको मन्त्रालयले जनाएको छ । ९२.३ प्रतिशत संक्रमित निको भएका छन् ।

मन्त्रालयको अनुसार बंगलादेशमा ८४ प्रतिशत कोरोना संक्रमित निको भएका छन् भने १४.४ प्रतिशतको उपचार भैरहेको छ । त्यस्तै, १.६ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

यसैगरी, सार्क राष्ट्रमध्ये भारतमा ९७.४ प्रतिशत संक्रमणमुक्त भएका छन् भने १.३ प्रतिशतको मृत्यु भएको छ । त्यस्तै, १.३ प्रतिशतको उपचार भैहरेको छ । श्रीलंकामा ९०.९ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ७.८ प्रतिशत संक्रमितको उपचार भैरहेको छ । त्यस्तै, १.३ प्रतिशतको हालसम्म मृत्यु भएको छ । माल्दिभ्समा ९६.३ प्रतिशत कोरोना निको भएका छन् भने ३.४ प्रतिशत संक्रमितको उपचार ०.३ प्रतिशतको निधन भएको छ ।

मन्त्रालयको अनुसार सबैभन्दा थोरै भुटानमा ०.१ प्रतिशतको मृत्यु भएको छ । ११.२ प्रतिशतको उपचार भैरहेको छ भने ९६.६ प्रतिशत निको भएका छन् । नेपालमा ९४.५ प्रतिशत कोरोना संक्रमित निको भएका छन् भने ४.१ प्रतिशत संक्रिय सक्रमितको संख्या रहेको छ । त्यस्तै, १.४ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्