Logo

संसदीय समितिमा एमाले सांसद रानाको अभिव्यक्तिलाई लिएर माधव नेपाल आक्रोशित



काठमाडौं, १० साउन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले सांसद नारदमुनि रानाको अभिव्यक्तिलाई लिएर सांसदहरुबीच चर्काचर्की परेको छ । समितिको बैठकमा सांसद रानाले अहिलेको सरकार र संसद् परमादेशबाट बनेको अभिव्यक्ति दिएका थिए । रानाको अभिव्यक्तिलाई लिएर एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र कांग्रेस सांसदहरुले आपत्ति जनाएका थिए ।

नेता नेपालले त रानालाई प्रतिगमनको पक्षमा वकालत नगर्न चेतावनी दिएका थिए । उनले यस्तो अभिव्यक्ति दिएर समितिको बैठकमा बस्न नमिल्ने भन्दै बाहिर जान भनेका थिए । बैठकमा उपस्थित् सांसदहरुले रानाको अभिव्यक्तिमाथि आपत्ति जनाउका थिए । र, यसबारेमा समिति सभापति पवित्रा निरौलाको ध्यानाकार्षण गराएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्