Logo

किशोरीलाई सामुहिक बलात्कार गर्ने ३ जना पक्राउ



तनहुँ, १० साउन । जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । उन्नाइस वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका ३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई गुरुङ लगायत ५ जनाले सामुहिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले गुरुङ समेत २ जनालाई पक्राउ गरेको जनाएको छ ।

घटनामा संलग्न हाल फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्