Logo

डान्सबार संचालकसहित ठमेलबाट ६ जुवाडे पक्राउ



काठमाडौं, १० साउन । काठमाडौंको ठमेलबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका ९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त डान्सवार जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ७ सय १५ रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्