Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, १० साउन । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट करिब २ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने गाँजाको खैरो धुलो पदार्थ सहित धादिङ गजुरी नगरपालिका ९ बस्ने ५५ वर्षीय सूर्य बहादुर तमाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०२४ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको झोलाबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी चन्द्रागिरीमा नगरपालिका २ नागढुङ्गाबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ धार्के गाउँपालिका १ बस्ने १६ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख १५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्