Logo

राज कुन्द्राकै अगाडी शिल्पासँग क्राइम ब्रान्चले लियो बयान, हार्डडिक्स र सर्वर पनि नियन्त्रणमा



एजेन्सी, १० साउन । अश्लिल फिल्म बनाउने र एपमा अपलोड गरेको आरोपमा शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रालाई १९ जुलाईमा प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले राज कुन्द्रालाई थप अनुसन्धानको लागि २७ जुलाईसम्म हिरासतमा राख्ने भएको छ ।

यसै क्रममा राज कुन्द्रालाई लिएर शिल्पाको घरमा क्राइम ब्रान्चका टिम घरमा पुगेका थियो । क्राइम ब्रान्चको टिमले राजलाई अगाडी राखेर शिल्पासँग सोधपुछ गरेको थियो ।

शिल्पाको घरमा क्राइम ब्रान्चले शेट्टीको घर तलाशी समेत गरेको थियो । राजको साथै उनको साथी रयान थोर्पे पनि प्रहरी हिरासतमा छन् । केही दिन अघि मुम्बईको प्रहरीले राजको विआन इन्डष्ट्रिजमा लिमिटेडको अफिस र केही अन्य स्थानमा पनि छापा मारेको छ ।

भारतीय समाचार अनुसार कुन्द्राको अफिसमा भेटिएका कम्प्युटरको हाडडिक्स र सर्वर पनि नियन्त्रणमा लिएको छ । सोही सर्वरबाट राजले भिडियो अपलोड गर्ने गर्थे ।



प्रतिक्रिया दिनुहोस्