Logo

प्रियंका चोपडाले ७ करोडमा बिक्री गरिन् घर



एजेन्सी, १० साउन । बलिउडको देसी गर्ल प्रियंका चोपडा विवाहपछि पति निक जोनससँग न्युयोर्कमा बस्दै आएकी छिन् । प्रियंकाले न्युयोर्कमा आफ्नै रेष्टुरेन्ट ‘सोना’ पनि संचालन गरेकी छिन् ।

प्रियंकाले हालै मात्र मुम्बईमा भएको आफ्नो दुई वटा घर बिक्रि गरेकी छिन् । प्रियंकाले वर्सोया इलाकामा रहेको राज क्लासिक बिल्डिङमा सातौ तलामा भएका घर बिक्रि गरेकी हुन् । उनले दुई अपार्टमेन्टलाई ७ करोड रुपैयाँमा बेचिदिएकी हुन् ।

समाचार अनुसार प्रियंकाले एउटा घरलाई ३ करोड रुपैयाँमा र  १२१९ वर्ग फुट आकार भएको अर्को घरलाई ४ करोडमा बिक्रि गरेकी हुन् ।
पछिल्लो समयमा प्रियंका र निक मिलेर लस एन्जलिसमा २ सय करोडको घर खरिद गरेका छन् । प्रियंका भने हाल इंग्ल्यान्डमा आफ्नो नयाँ प्रोजेक्टको सुटिङमा ब्यस्त छिन् ।

 



प्रतिक्रिया दिनुहोस्