Logo

नेप्सेमा आज उच्च अंकको बृद्धि, कारोबार रकम पनि बढ्यो



काठमाडौं, १० साउन । शेयर बजार आज उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से ५४ दशमलव ३१ अंकले बढेर ३ हजार ५८ दशमलव ६३ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ७४ अंकले बढेर ५७४ दशमलव २ बिन्दुमा पुगेको हो ।

नेप्सेको अनुसार २२३ कम्पनीको १ लाख ४० हजार ४७ पटक कारोबार भएर १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँ बराबरको ४ करोड ४१ लाख १४ हजार ७६० प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ । आज होटल र म्युच्युअल फण्ड बाहेक अन्य सबै उपसमुहका परिसुचक बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्