Logo

नेपाल बैंक लिमिटेडको सर्वाधिक कारोबार



काठमाडौं, १० साउन । आज १ लाख ४० हजार ४७ पटक शेयर कारोबार भएर १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँ बराबरको ४ करोड ४१ लाख १४ हजार ७६० प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज सबैभन्दा धेरै नेप्सेमा नेपाल बैंक लिमिटेडको ४९ करोड ५० लाख बढीको शेयर कारोबार भएको छ । बैंकको आज प्रतिकित्ता शेयरमुल्य ५०९ रुपैयाँ कायम भएको हो ।

त्यस्तै, नेप्सेको अनुसार आज ग्लोबल आइएमी बैंकको प्रतिकित्ता ५ सय रुपैयाँ कायम भई ४९ करोड ३९ लाख बढीको शेयर कारोबार भएको छ । यसैगरी, एनआईसी एशिया बैंकको प्रतिकित्ता ३९९ रुपैयाँ कायम भई ३४ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्