Logo

साताको कारोबारको पहिलो दिन आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, १० साउन । नेप्से आज उच्च अंकले बृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से ५४ दशमलव ३१ अंकले बढेर ३ हजार ५८ दशमलव ६३ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज नौ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । यी कम्पनीको आज १० प्रतिशतले शेयरमुल्य बढेको छ ।

आज ङादी ग्रुप पावर, बिशाल बजार कम्पनी, राधी विद्युत कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा विकास, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कम्पनीको शेयरमुल्य उच्च अंकले बढेको हो ।



प्रतिक्रिया दिनुहोस्