Logo

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सपथ साँझ ५ बजे



काठमाडौं, १० साउन । स्वास्थ्य तथा राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको सपथ आज साँझ ५ बजेको लागि तय गरिएको छ । श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाउने भएका छन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनियुक्त श्रेष्ठको सपथ कार्यक्रम सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्