Logo

आरएसडिसी लघुवित्तको सिइओमा पौडेल



काठमाडौैं, १० साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ध्रुव कुमार पौडेललाई नियुक्त गरेको छ । संस्थाले एक सुचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पौडेललाई नियुक्त गरेको जानकारी दिएको हो ।

कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस्