Logo

भारतकी ओलम्पिक पदक विजेता मीराबाईलाई जीवनभर सित्तैमा डोमिनसको पिज्जा



एजेन्सी, १० साउन । ओलम्पिकमा भारतका लागि रजत पदक जितेपछि भारत्तोलक मीराबाई चानुले आफू पिज्जा निकै मन पर्ने बताइन् । उनले पिज्जाको नाम लिएपछि पिज्जा उत्पादन गर्ने चर्चित कम्पनी डोमिनसले चानुलाई जीवनभर सित्तैमा पिज्जाको घोषणा गरेको छ ।

डोमिनसको रेष्टुरेन्ट चेनले जहाँसुकैबाट उनलाई जीवनभर सित्तैमा पिज्जा उपलब्ध गराउने भएको छ । उनले मागेको अवस्थामा पिज्जा पुग्नेछ ।

डोमिनस इन्डियाले ट्वीट गर्दै मीराबाई चानुलाई बधाई दिदै सित्तैमा पिज्जा जीवनभर उपलब्ध गराउने घोषणा गरेको हो ।

इन्डिया टीभीमा अन्तवार्ताका क्रममा पदक विजेता चानुले आफू खेलस्थलबाट गएर पिज्जा खाने बताएकी थिइन् । उनले पिज्जा खान नपाएको लामो समय भइसकेको समेत बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्