Logo

ओलम्पिक फुटबलः अर्जेन्टिना, फ्रान्स र जर्मनीको कठिन जीतले आशा पलायो



एजेन्सी, १० साउन । टोकियो ओलम्पिकमा फुटबलतर्फ फ्रान्स, अर्जेन्टिना, जर्मनी र स्पेनले कठिन जित निकालेका छन् । जीतँगै यी देशको समूह चरणबाटै बाहिरिने खतरा तत्काल टरेको छ ।

अर्जेन्टिनाले इजिप्टमाथि १-० को जित निकालेको छ । फ्रान्सले दक्षिण अफ्रिकालाई ४-३ ले पराजित गरेको छ । स्पेनले अष्ट्रेलियामाथि १-० को जित निकाल्यो ।

जापानले मेक्सिकोमाथि २-१ को जित निकालेर समूह क्वाटरफाइनलको यात्रा लगभग निश्चित गरेको छ । दक्षिण कोरियाले रोमानियामाथि ४-० को महत्वपूर्ण जित निकालेको छ । ब्राजिल र आइभोरीकोष्टबीचको खेल बराबरीमा टुंगिएको छ । आजको खेलसँगै ओलम्पिक फुटबलको समूह चरणको खेलहरु रोचक बनेको छ ।

समूह डीको अंकतालिका अनुसार क्वाटरफाइनलमा प्रवेश गर्न जर्मनीले अबको खेलमा आइभोरीकोष्टलाई जित्नैपर्ने चुनौती छ । साउदी अरेबिया समूह चरणबाट बाहिरिएको छ । ब्राजिलले समूह चरणको अन्तिम खेल बराबरी गरे पुग्छ । आइभोरी कोष्टले पनि बराबरी गरेमा क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

समूह सीमा इजिप्टको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ । स्पेन, अर्जेन्टिजना र अष्ट्रेलियाको क्वाटरफाइनलमा प्रवेश गर्ने टुंगो समूह चरणको अन्तिम खेलबाट टुंगो लाग्ने देखिएको छ ।

समूह बी मा पनि रोमानिया, होन्डुरस, न्युजिल्यान्ड र साउथ कोरियाको क्वाटरफाइनको यात्राको टुंगो लागेन । समूह चरणको अन्तिम खेलहरुबाट टुंगो लाग्ने भएको छ ।

समूह ए मा मेक्सिको जापान र फ्रान्सले समूह चरणको अन्तिम प्रतिष्पर्धाबाट क्वाटरफाइनलको यात्रा निश्चित गर्नेछन् । अन्तिम खेलमा जापान र फ्रान्सबीचको प्रतिष्पर्धाले क्वाटरफाइनलमा जाने टिमको तय हुनेछ ।



प्रतिक्रिया दिनुहोस्