Logo

अज्ञात समुहद्वारा बसमा आगजनी



दाङ, साउन ११ । घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथी आगजनी भएको हो ।

रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे सो समुहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी राती नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्