Logo

घरजग्गामा बैंक लगानी बढेको बढ्यै



काठमाडौं, साउन ११ । अर्थविदहरूले सबल अर्थतन्त्रका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइरहेको बेला बैंक तथा वित्तीय संस्थाको लगानी घरजग्गा कारोबारमा निरन्तर बढिरहेको पाइएको छ।

घरजग्गा कारोबारले सीमित व्यक्तिलाई रोजगारीसम्म दिन सक्ने भए पनि उत्पादनमूलक क्षेत्रमा कुनै योगदान नपुर्‍याउने भन्दै लगानीको ढाँचा परिवर्तन गर्नुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको हो। नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ३६ खर्ब ४१ अर्ब ६६ करोड रूपैयाँ कर्जा लगानी गर्दा घरजग्गामा दुई खर्ब ३५ अर्ब रूपैयाँ लगानी पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा एक खर्ब ६३ अर्ब रूपैयाँ थियो। चालु आर्थिक वर्षको ११ महिनामा रियल इस्टेट कर्जा ९.६० र आवासीय व्यक्तिगत घर कर्जा ११।८६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्