Logo

जाजरकोटमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते



सुर्खेत, साउन ११ । जाजरकोटमा जिप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका ८ लैखमकी ५६ बर्षिय लक्ष्मी सिहको मृत्यु भएको छ भने जिप चालक सहित चार जना घाईते भएका छन् ।

बारेकोट गाउँपालिकाको सेपुखोलाबाट नलगाड नगरपालिकाको खारातर्फ आईरहेको ग १ ज ४९५५ नम्वरको जिप लैखमको सागुतरामा दुर्घटना हुदाँ लैखमकी ५६ बर्षिय लक्ष्मी सिहको घटना स्थलमै मृत्यु भएको छ । जिप चालक सहित चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालयजाजरकोटका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए।

दुर्घटनामा परि बारेकोट गाउँपालिका ८ का जिप चालनक ३२ बर्षिय बल बहादुर खत्री सोही ठाँउका २२ बर्षिय दिपक बहादुर खत्री, २४ बर्षिय समिक्ष सिह र नलगाड ५ का १७ बर्षिय मिलन शाही घाईते भएको प्रहरी निरिक्षक पाण्डेले बताए ।

जिप दुर्घटनामा परि टाउकोमा गम्भीरचोट लागेर घाईते भएका दिपक बहादुर खत्री र बल बहादुर खत्रीलाई प्राथमिक उपचार केन्द्र दल्लीमा प्राथमिक उपचार पछि थप उपचारको लागी स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा रिफर गरिएको छ । सामान्य चोट लागेका समिक्षा सिह र मिलन शाहीको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

आमा गुमाएकी समिक्षा सिह भने सामान्य घाईते भएकी छन् । जिप करिव १सय मिटर नलगाड खोलामा खसेको थियो । जिपमा सवार कति जना थिए दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्