Logo

बाबुरामलाई पूर्वमन्त्री उमाशंकरको काउन्टरः बागमतीमा दूध चढाए



काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले बागमतीमा दूध चढाएका छन् । तिथि अनुसार श्रावण महिनाको पहिलो सोमबार पशुपतिनाथ पुगेर बागमतीमा दूध चढाएका हुन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दूध चढाएको तस्बिर शेयर गरी मूत्र पिउने र दूध चढाउने भन्दै व्यङ्ग्य गरेपछि हिन्दु संघसंस्थाले आलोचना गरिरहँदा उनकै दलका नेताले काउन्टर दिएका हुन् । जसपाका नेता अरगरियाले दूध चढाइरहँदा हिन्दुवादी संघसंस्थाका नेता कार्यकर्ता पनि सँगै थिए ।

नेपाल फाउन्डेशनका संस्थापक तथा हिन्दुवादी अभियन्ता विकास ठाकुरले संयोजन गरेको कार्यक्रममा विश्लेषक देवेश झा पनि सहभागी थिए ।

बाबुरामले हिन्दुत्वलाई चुनौती दिदै अभिव्यक्ति दिइरहेको भन्दै भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय चौथाइवालेले पनि आलोचना गर्दै आएका छन् ।

डेढ वर्षयता अरगरियाको डा. भट्टराईसँग सम्बन्ध चिसिएको छ । तत्कालीन समाजवादी पार्टी फुटाउन खोज्दा अरगरिया समेत संलग्न हुँदा सांसद डा.सृुरेन्द्र यादवले अपहरणको उजूरी दर्ता गरेका थिए । अरगरिया उक्त घटनामा यादवसँगै महोत्तरीबाट काठमाडौं आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot