Logo

चर्चित गायिका प्रमिला राईको स्वरमा ‘युके लाहुरे’ सार्वजनिक



काठमाडौं,११ साउन, । गायिका प्रमिला राईको स्वर रहेको ‘युके लाहुरे’ नयाँ गीत बजारमा सार्बजनिक भएको छ । रंगिन कोरसको बीचमा गायिका प्रमिला राई आफै र सुदीप यसमालीको रोचक अभिनय रहेको छ ।

खड्ग सन्धर्बको शब्द संगीत तथा धनु ज्ञाङमीको संगीत संयोजन रहेको गीत भिडियो सहित बजारमा आएको हो । यो गीतमा बिशेष गरि एक युवतीको माध्यमबाट युके लाहुरेसँगको आत्मिएता माया प्रेमका कुरा दर्शाउन खोजिएको छ । साथै युके लाहुरे जिवनको वास्तविक कथा र जिवन कहानी यस भिडियोको माध्यमबाट प्रस्तुत गर्न खोजिएको छ ।

नेपालको समाजमा हुर्किएकी एक युवति, प्रकृती र जिन्दगी काट्ने प्रेम, यूके लाहुरे जिबन शैली, हासखेल ठट्टालाई जिबन्त समर्पण गीतमार्फत दर्शाउन खोजिएको छ । गायिका प्रमिला राई आफैमा चर्चित नाम हुन् । नाछिरिङ समुदायबाट लामो समय गीत संगीतमा अनेक संघर्ष गर्दै कलाकारिता जगतमा उदाएकी उनले फिल्म तथा टेलिचलचित्रमा समेत नायिका तथा कलाकारको भूमिकामा अभिनय गरेकी छिन् । साथै राईले नाछिरिङ समुदायको ‘पौ’ अर्थात ‘सम्बन्ध’ नामक डकु ड्रामाको फिल्म पनि बनाएकी छिन । उनै गायिका राईले गाएको गीत भर्खरै बजारमा रोचक भिडियो सहित सार्बजनिक गरिएको छ ।

बहुमुखी प्रतिभाको धनी राईले पनि यो गीतमा अभिनय गरेकी छिन् । निरेन श्रेष्ठले निर्देशन गरेको यस भिडियोलाई मरुभुमी नारायणले छाँयाङ्कन गरेका हुन् । यो गीतको भिडियोलाई ज्योती फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो । रोशन धितालको सम्पादन तथा रुबिन कौचा मगरको रेकर्डिङ रहेको गीतको भिडियोलाई मुन्धुम स्टार टिभीको अफिसियल युटयूब च्यानलबाट अपलोड गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्