Logo

जुनबेला देशमा अप्ठ्यारो पर्छ, त्यो बेला कांग्रेस नै चाहिन्छ भन्ने पुष्टि भयो : केसी (भिडिओसहित)



काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले पार्टी सभापति शेबरहादुर देउवाले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशन गर्ने भनेकोले आफू त्यसमा विश्वस्त रहेको स्पष्ट पारेका छन् । उनले अधिवेशनको कुनै विकल्प नरहेको जिकिर गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संवैधानिक व्यवस्थाअनुसार पनि अब पार्टीको महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्नेमा जोड दिए ।

अहिलेको चूनौतिलाई सामना गरेर कांग्रेस खरो उत्रिनेमा आफूहरु विश्वस्त रहेको पनि केसीले सुनाए । उनले देशमा जब जब संकट र अप्ठ्यारो आईपर्छ त्यतिवेला कांग्रेस नै चाहिने कुरा अहिले पुष्टि भएको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्