Logo

निर्वाचन आयोग परिसरबाट उपेन्द्रले भने : छिट्टै सरकारमा सहभागी हुन्छौं



काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता आफ्नो पक्षले पाउने भएपछि अध्यक्ष उपेन्द्र यादव उत्साही छन् । निर्वाचन आयोगले हेड काउन्ट गर्न जसपाका कार्यकारिणी सदस्यहरुलाई आज बोलाएको थियो । जसमा यादव पक्षमा ३५ जनाले हस्ताक्षर गर्ने बताईएको छ ।

यादव पक्षको संसदीय दलमा समेत बुहमत छन् । जसपाको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो । तर, जसपाको आधिकारिकता अब यादव पक्षले पाउने भएपछि यादवले नै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाउनेछन् । सनाखत गरेपछि आयोग परिसरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यादवले अब पार्टी छिट्टै सरकारमा सहभागी हुने प्रतिक्रिया दिए । Photo By : Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot