Logo

श्रीदेवीको ‘चालबाज’ भन्दा फरक बन्ने सिक्वेल, श्रद्धा कपुरले निभाउदै छिन् डबल रोल



एजेन्सी, ११ साउन । बलिउड अभिनेत्री श्रद्धा कपुरले केही राम्रा फिल्ममा अभिनय गरेर दर्शकको मन जितेकी छिन् । अब चाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिने भएकी छिन् । फिल्मलाई पंकज पराशले निर्देशन गर्नेछन् । उनी श्रीदेवीको क्लासिक फिल्म चालबाजका समेत निर्माता हुन् ।

फिल्म भुषण कुमार र कृष्ण कुमारको टी सिरीज र निर्देशक अहम खान र शकीर खानको पेपल एन्टरटेनमेन्टको ब्यानरमा निमार्ण हुने भएको छ । यस फिल्ममा श्रद्धा कपुरले डबल भुमिकामा अभिनय गर्दैछिन् ।

एक अन्तर्वाताको क्रममा निर्देशक पंकज पराशरले श्रीदेवीको चालबाज र श्रद्धा कपुरको साथमा बन्न लागेको चालबाजमा निकै अन्तर भएको बताएका छन् । उनले ओरिजिनल फिल्मको सफलतापछि सिक्वल निर्माण गर्न धेरै उत्साहित भएको समेत बताएका छन् । पराशरको अनुसार यो फिल्म बिल्कुलै नयाँ र अहिलेको समयअनुसार निर्माण हुनेछ । उनले पुरानो जस्तो नभएर नयाँ कलाकार र कथावस्तु समेत नयाँ हुने जिकिर गरेका छन् । जसमा एक्सन र इमोशन दुवै देख्न पाइने छ ।



प्रतिक्रिया दिनुहोस्