Logo

पति राज कुन्द्रा अश्लिल फिल्मको कारोबारमा लिप्त नभएको शिल्पाको दाबी



एजेन्सी, ११ साउन । शिल्पा शेट्टीको पति राज कुन्द्रालाई हाल अश्लिल फिल्म बनाउने र बिक्रि गरेको अभियोगमा प्रहरीले लिएको छ । पछिल्लो हप्ता प्रहरीले नियन्त्रणमा लिएको कुन्द्रालाई हिरासतबाट बाहिर निस्कन त्यत्ति सहज देखिएको छैन् । २३ जुलाईमा उनको सुनुवाई हुने भनिएपनि २७ जुलाईसम्म अदालतले म्याद थपेको छ । यसैक्रममा मुम्बइको प्रहरी अपराध महाशाखाका केही अधिकारीहरु राजलाई लिएर उनको घर पुगेर शिल्पासँग पनि सोधपुछ गरेका छन् ।

इटाइम्सको अनुसार नांगो फिल्मको कारोबारको बारेमा प्रहरीले शिल्पाको घरमा सोधपुछ गरेको हो । यसक्रममा मुख्य अभियुक्त राजकै अगाडी शिल्पालाई बसाएर सोधपुछ गरेको थियो । सोही क्रममा राज र शिल्पाबीच चर्को–चर्को स्वरमा भनाभन समेत भएको थियो । बयान दिँदै शिल्पा घुक्क–घुक्क रोएको समेत जनाइएको छ ।

मिडिया रिपोर्टको अनुसार सोधपुछको क्रममा शिल्पाले रुँदै एडल्ट फिल्म भएको एपमा कस्तो कन्टेन्ट हुने गर्थ्यो त्यसको बारेमा आफुलाई ठोस जानकारी नभएको बताएकी थिइन् । उनले अश्लिल र इराटिक फिल्मको फरक–फरक कन्टेन्ट हुने भन्दै राजको एपमा इराटिक फिल्म भएको दाबी गरेकी थिइन् । साथै शिल्पाले पति कुन्द्रा अश्लिल फिल्मको कारोबारमा लिप्त नभएको समेत जिकीर गरेकी छिन् ।

शिल्पाले क्राइम बान्चको टिमलाई यो प्रकरणले आफ्नो फिल्मी करियरमा निकै धक्का पुगेको बताएकी थिइन् ।  कम्पनीबाट आम्दानी भएको धनले कुनै पनि तरिकाबाट फाइदा पुगेकोले अनुसन्धानको घेरामा शिल्पा पनि पर्न सक्ने इटाइम्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्